स्वास्थ्य कार्यालय, झापा
कोशी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गत

स्वास्थ्य निर्देशनालयको मातहतमा रहेको स्वास्थ्य कार्यालय, झापा जिल्लामा जनस्वास्थ्य कार्यक्रमहरूको योजना, कार्यान्वयन, समन्वय, अनुगमन तथा मूल्याङ्कन गर्ने प्रमुख निकाय हो। यस कार्यालयले जिल्लाका नागरिकलाई गुणस्तरीय, पहुँचयोग्य तथा प्रभावकारी स्वास्थ्य सेवा सुनिश्चित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

मुख्य कार्यहरू:

  1. जिल्ला भरिका जनस्वास्थ्य कार्यक्रमहरूको योजना तर्जुमा, सञ्चालन, अनुगमन तथा मूल्याङ्कन गर्ने।
  2. स्थानीय तह तथा स्वास्थ्य संस्थाहरूलाई प्राविधिक सहयोग, समन्वय तथा क्षमता अभिवृद्धि गर्ने।
  3. खोप, मातृ तथा शिशु स्वास्थ्य, पोषण, परिवार नियोजन, क्षयरोग, कुष्ठरोग, एचआईभी, मलेरिया, कालाजार, नसर्ने रोग तथा मानसिक स्वास्थ्य लगायतका कार्यक्रम सञ्चालन तथा अनुगमन गर्ने।
  4. रोग निगरानी, महामारी रोकथाम तथा नियन्त्रण, र आपतकालीन स्वास्थ्य व्यवस्थापन गर्ने।
  5. स्वास्थ्य तथ्याङ्क संकलन, विश्लेषण, प्रतिवेदन तयारी तथा स्वास्थ्य सूचना प्रणाली सुदृढीकरण गर्ने।
  6. औषधि, खोप, स्वास्थ्य सामग्री तथा उपकरणको आपूर्ति व्यवस्थापन तथा अनुगमन गर्ने।
  7. निजी स्वास्थ्य संस्था, क्लिनिक तथा अस्पतालहरूको नियमन, अनुगमन तथा मापदण्ड पालन गराउने।
  8. स्वास्थ्य प्रवर्द्धन, स्वास्थ्य शिक्षा तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने।
  9. स्थानीय तह, सरकारी तथा गैरसरकारी निकायहरूसँग समन्वय गरी स्वास्थ्य सेवा सुदृढीकरण गर्ने।
  10. स्वास्थ्यसम्बन्धी नीति, ऐन, नियमावली तथा मापदण्डहरूको प्रभावकारी कार्यान्वयन गराउने।
  11. स्वास्थ्यसम्बन्धी अनुसन्धान, अध्ययन तथा प्रमाणमा आधारित निर्णय प्रक्रियामा सहयोग गर्ने।
  12. प्राथमिक स्वास्थ्य सेवा तथा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र निरन्तरतामा सहयोग पुर्याउने।

उपरोक्त कार्यहरू मार्फत स्वास्थ्य कार्यालय, झापाले जिल्लाका सम्पूर्ण नागरिकलाई गुणस्तरीय, सहज र प्रभावकारी सार्वजनिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य पूरा गर्दै आएको छ।